महानगरबाट पीडितहरुको सडकमा उत्रिने तयारी

महानगरबाट पीडितहरुको सडकमा उत्रिने तयारी

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध धर्ना दिने भएको छ । माघ १५ गते दिउँसो २ बजेदेखि राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्न लागिएको हो जसमा काठमाडौंका मेयर बालेन्द्र साहको डोजर आतंकविरुद्ध चर्को आवाज उठाउने बताइएको छ । महानगरले कथित विकासको नाममा बिना अध्ययन र बिना योजना डोजर आतंक मच्चाएको समितिको आरोप छ । 

त्यस्तै,मेयर बालेनको अदूरदर्शी,स्वेच्छादारी र निरँकुश कदमले काठमाडौंवासी मारमा परेको समितिको ठम्याइ छ । संविधानले सुरक्षित गरेको सम्पत्तिसम्बन्धी मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काउने कार्यबाट धेरै पीडित बनेको समितिले जनाएको छ । 

महानगरले क्षेत्राधिकार बाहिर गएर जबरजस्ती जिएलडीलगायतका सडक खुलाउने,विस्तार गर्ने,आदिवासीको भूमि अतिक्रमण गर्ने र कुनै सूचना,जानकारी नदिई अनाधिकृत रुपमा निजी घरमा प्रवेश गरेर गर्दै आएको ज्यादतीको अन्त्य गर्न जरुरी रहेको समितिको भनाइ छ ।

आफूसंग लालपुर्जा हुँदाहुँदै पनि महानगर प्रहरी गुण्डागर्दी शैलीमा निजी घरभित्र छिर्ने, मनलाग्दी डोजर चलाउनेलगायतका कार्य गर्दै आएको पीडित सयलमान सिंह बताउँछन् ।
 

टिप्पणीहरू