सदस्यता शुल्क नतिर्न पनि रास्वपामा छुट

सदस्यता शुल्क नतिर्न पनि रास्वपामा छुट

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले पार्टी सदस्यता शुल्क निर्धारण गरेको छ ।रास्वपाले पाँच वर्षका लागि एकमुष्ट एक हजार रुपैयाँ सदस्यता शुल्क लिने निर्णय गरेको हो ।

यो रकमबाट पार्टी सञ्चालनको लागि केही स्रोत संकलन हुने अपेक्षा गरिएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन् । त्यस्तै, पार्टी समिति पदाधिकारीहरुले तहगत रुपमा वार्षिक लेबी तिर्नुपर्ने उनको भनाइ छ । 

कमजोर आर्थिक अवस्थाका कारण सदस्यता शुल्क तिर्न नसक्ने सदस्यहरुलाई सक्षम सदस्यले स्पोन्सर गर्ने वा पार्टीले त्यस्ता सदस्यहरुको शुल्क मिनाहा गर्ने जनाइएको छ ।

टिप्पणीहरू