काठमाडौंको आन्तरिक विमानस्थलमा अख्तियारको छापा, अन्तर्राष्ट्रियतर्फ इटालियनको झोलाभरि भारतीय पैसा

काठमाडौंको आन्तरिक विमानस्थलमा अख्तियारको छापा, अन्तर्राष्ट्रियतर्फ इटालियनको झोलाभरि भारतीय पैसा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विमानस्थलमा छापा मारेको छ । आयोगको टोलीले आन्तरिक विमानस्थल कार्यालय प्रमुख पूर्णप्रसाद चुडालको कार्यकक्षमा छापा मारेको बताइएको छ।

यसैबीच काठमाडौैंबाट नयाँ दिल्ली जान लागेका एक जना इटालियन नागरिकको झोलाबाट दुई लाख भारतीय रुपैयाँ फेला परेको छ । इण्डिगो एअरको उडान नम्बर ६इ०३२ बाट नयाँ दिल्लीतर्फ जान लागेका इटालियन नागरिक रोबर्ट मिगानीको हातेब्यागबाट उक्त रकम फेला परेको हो । 

प्रहरीका अनुसार राहदानी नम्बर वाइबी ३१४५५०८ वाहक रोबर्टलाई प्रस्थानकक्षको सेक्युरिटी चेक गर्ने क्रममा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।
 

टिप्पणीहरू