राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने, नयाँ राष्ट्रपतिले फागुन २८ गते बहाली गर्नैपर्ने काँग्रेसको निर्णय

राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने, नयाँ राष्ट्रपतिले फागुन २८ गते बहाली गर्नैपर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । साथै तोकिएको समयमा नयाँ राष्ट्रपतिले पदबहाली गर्नुपर्ने भएकाले सममयै निर्वाचन गराउन माग गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पार्टी पदाधिकारी बैठकले वर्तमान राष्ट्रपतिले पाँच वर्षे कार्यकाल पूरा गरेको दिन नयाँ राष्ट्रपति पदबहाली हुनुपर्ने उसको निर्णय छ ।

संविधान र ऐनमा उक्त निर्वाचनबारे केही अस्पष्टता रहेको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन् । बैठकको निर्णय सुनाउँदै उनले भने, ‘
काँग्रेसले आफ्नो उम्मेदवार जिताउन सबै ताकत लगाउने छ ।’

फागुन २८ सम्ममका नयाँ राष्ट्रपति निर्वाचित भएर पदबहालीको निम्ति मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको भनाइ छ । काँग्रेसले माओवादी केन्द्रलगायतका राजनीतिक दलको सहयोगमा राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति बनाएको बताइन्छ ।

टिप्पणीहरू