श्रीलंकाली राजदूत सिंहदरबारमा, मन्त्री स्वदेश प्रस्थान

श्रीलंकाली राजदूत सिंहदरबारमा, मन्त्री स्वदेश प्रस्थान

नेपालका लागि श्रीलंकाका राजदूत हिमानी अरुणातिलकाले पराष्ट्रमन्त्री डा. विमला पौडेलसँग भेटवार्ता गर्नुभएको छ । राजदूत हिमानी मन्त्री पौडेलसँग शिष्टाचार भेटवार्ताको निम्ति मध्यान्ह साढे १२ बजेको समयमा परराष्ट्र मन्त्रालय पुगेर १ बजेको हाराहारीमा बाहिरिनुभएको बताइएको छ ।

सोही समयमा नेपाल भ्रमणमा रहेका श्रीलंकाली व्यापार, वाणिज्य तथा खाद्य सुरक्षामन्त्री स्वदेश फर्केका छन् । मन्त्री नलिन फर्नाण्डो साढे १ बजे श्रीलंकन एअरको उडानमा कोलम्बो प्रस्थान गरेका हुन् ।

टिप्पणीहरू