भिआइपीमा टेक्नासाथ दुर्व्यवहार झेलेका श्रीलंकन मन्त्री स्वदेश फिर्ता

भिआइपीमा टेक्नासाथ दुर्व्यवहार झेलेका श्रीलंकन मन्त्री स्वदेश फिर्ता

दक्षिण एशियाली कृषि सम्मेलनमा भाग लिन गत साता नेपाल आएका मित्र राष्ट्र श्रीलंकाका वाणिज्य,आपूर्ति तथा कृषि मन्त्री कचाकादुगे नलिन फर्नान्डो स्वदेश फर्किएका छन् । श्रीलंकन एअरको युएल १८२ उडानबाट आज दिउँसो उनी कोलम्बो गएका हुन् ।

माघ  ४ गते काठमाडौँ ओर्लिएका फर्नान्डो पाँच दिने नेपाल बसाई सकेर स्वदेश फर्किए । उनी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  सुरक्षाकर्मीद्वारा दुर्व्यवहारमा परेको भन्दै यहाँस्थित श्रीलंकन दूतावासले चर्को असन्तुष्टी जनाएको थियो । सुरक्षा निकाय र विमानस्थललाई पूर्वजानकारी दिँदासमेत आफ्ना मन्त्रीलाई विशिष्ट कक्ष प्रवेशमा रोक लगाइएको भन्दै उनको स्वागतका लागि विमानस्थलमा पुगेका दूतावासका कर्मचारीहरु रिसाएका थिए ।   

विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन न्यौपानेले मन्त्री फर्नान्डोलाई भिआइपी कक्ष प्रवेश गर्न रोकेपछि केहीबेर बिबादसमेत भएको थियो ।
 

टिप्पणीहरू