काङ्ग्रेसबाट प्रदेश १ को प्रमुख सचेतकमा राई नियुक्त

काङ्ग्रेसबाट प्रदेश १ को प्रमुख सचेतकमा राई नियुक्त

नेपाली काङ्ग्रेस प्रदेश नम्बर १ प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् । 

संसदीय दलका नेता उद्धव थापाले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । नेपाली काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम राईलाई नियुक्त गरिएको हो । 

काङ्ग्रेस प्रदेश नम्बर १ का महामन्त्री राई खोटाङ प्रदेश सभा (ख) बाट निर्वाचित भएका हुन् । उनी चुइचुम्मा गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् ।

टिप्पणीहरू