भारतीय दूतावासको कार्यक्रममा विशिष्ट पाहुनाको ओइरो

भारतीय दूतावासको कार्यक्रममा विशिष्ट पाहुनाको ओइरो

भारतीय दूतावासले भारत–नेपाल डेभलपमेण्ट पार्टनरसिप कन्क्लेभको आयोजना गरेको छ । होटल सोल्टीमा आयोजित कार्यक्रममा उपप्रधान तथा भौतिक योजना, निर्माणमन्त्री नारायणकाजी श्रेष्ठलगायतलाई पाहुनाको रुपमा आमन्त्रण गरिएको छ ।

सेन्टर फर साउथ एसियन स्टडिजका अध्यक्ष डा. निश्चल पाण्डेको सभापतित्वमा कार्यक्रम भइरहेको छ । मन्त्री श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्छ भने कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी पनि उपस्थित हुनुभएको बताइएको छ ।

त्यसैगरी भारत सरकारका वैदेशिक मामिला तथा आर्थिक सम्बन्ध एवम विकास साझेदारी संस्थाका प्रतिनिधि प्रभातकुमार, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत दूतावासका अन्य थुप्रै कर्मचारीको पनि सहभागिता छ । 

कार्यक्रम भारतीय दूतावासले भारत स्वतन्त्रताको ७५ औं वर्षगाँठको अवसरमा आयोजना गरेको हो ।

टिप्पणीहरू