पात्रो र भित्तेपात्रो प्रकाशनमा स्वीकृति अनिवार्य

पात्रो र भित्तेपात्रो प्रकाशनमा स्वीकृति अनिवार्य

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशनअघि अनिवार्य स्वीकृति लिन आग्रह गरेको छ । समितिको गठन आदेश २०७७ र त्यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले नेपालबाट प्रकाशन हुने सबै प्रकारका पात्रो र भित्तेपात्रो प्रकाशनअघि समितिमा स्वीकृतिका लागि निवेदन पेश गर्नुपर्ने जानकारी दिएका छन् । राजधानी बाहिर रहेकाले स्वीकृतिका लागि अनलाइनमार्फत पनि निवेदन दिनसक्ने जनाएका छन् । 

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसरी प्रकाशित गरिने पात्रोको सिरानमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त भन्ने वाक्य र स्वीकृतिको चलानी नम्बर अनिवार्य लेख्नुपर्ने छ ।’

टिप्पणीहरू