कतार एअरको जहाजबाट मोबाइल चोरी ? दोष लाउने नै पक्राउ

कतार एअरको जहाजबाट मोबाइल चोरी ? दोष लाउने नै पक्राउ

दोहाबाट काठमाडौैैं आएको कतार एअरवेजको विमानभित्र काठमाडौं विमानस्थलमा अवतरण गर्नेबित्तिक्कै आज दिउँसो ठूलो होहल्ला भएको छ । उडान नम्बर क्युआर ६४६ बाट आएका एक जना यात्रुले आफ्नो सीटसँगै बसेका अर्का यात्रुले मोबाइल चोरेको आरोप लगाएपछि विमानभित्रै लफडा भएको थियो ।

विमानमा आएका चितवनका ४१ वर्षे बेगबहादुर दमाइले उक्त आरोप लगाएका हुन् । उडानको क्रममा मादक पदार्थ सेवन गरेका दमाइले जहाजभित्रै आफ्नो मोबाइल हराएको र नजिकको सिटमा बस्ने यात्रुले चोरेको आरोप लगाएपछि विमानभित्र अस्वाभाविक होहल्ला भएको थियो । 

जहाजमा हल्ला गरेपछि उडान दलका कर्मचारीले विमानस्थलस्थित प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

टिप्पणीहरू