नागरिक उड्डयनको निलम्बन एउटा,पाइलटहरुको दावी अर्कै

नागरिक उड्डयनको निलम्बन एउटा,पाइलटहरुको दावी अर्कै

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन जना पाइलटलाई कारबाहीको निर्देशन दिएको छ । निगमको विमान हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेको भन्दै उनीहरुमाथि कारबाही गर्न लागिएको बताइएको छ । निगमका पाइलटहरु उध्दव घिमिरे,राजेश कुशवाह र नरबहादुर विश्वकर्मामाथि कारबाही गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

तर,कारवाही सिफारिस भएकामध्ये एक जना पाइलटले प्राधिकरणको उक्त आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । उनले काठमाडौं–हङकङ उडानको क्रममा अवतरणको अनुमति लिइसकेपछि विमानको ‘अटो पाइलट’ मोडमा समस्या देखिएको बताएका छन् । 

अवतरण गर्ने क्रममा अटो पाइलट मोडको प्रभावकारिता नदेखिएपछि पाइलटले १५० बाट क्रमशः १४० फिटको उचाइबाट विमान झारिएको उनले बताए । ‘अटो पाइलट सिष्टमले काम नगरेपछि अल्टिच्युड लक भएको हो । त्यसपछि टावरको निर्देशनअनुसार विमान अवतरण गरेका हौं,’ उनले भने ।

यता नेपाल वायुसेवा निगमले एअरबस कम्पनीलाई उक्त घटनाबारे जानकार गराउँदै पत्र पठाएको र भोलिसम्म प्राविधिक जवाफ आउने बताइन्छ । अटो पाइलट मोडको समस्या किन आयो भन्ने जवाफ एअरबस कम्पनीले दिएपछि वास्तविकता खुल्ने पाइलटहरुको भनाइ छ ।

टिप्पणीहरू