मोरङमा लालपूर्जा बाँड्न थालियो

मोरङमा लालपूर्जा बाँड्न थालियो

मोरङको पथरी शनिश्चरेमा हालसम्म लालपूर्जा प्राप्त गर्न नसकेका स्थानीयलाई पूर्जा बाँडिएको छ । वडा नम्बर ८ का ११ परिवारले जग्गाको लालपूर्जा पाएका हुन् ।

वडामा अघिल्लो राष्ट्रिय भूमि आयोगले गरेका अधुरा कामलाई पूर्णता दिएर लालपूर्जा वितरण गरिएको बताइएको छ ।

बाँकी रहेका वडामध्ये शुक्रबारे, शान्तिचोक, चौबिसे टोल, पुलचोक, बागडुंग्रा, राईडाँडा लगायत क्षेत्रमा नयाँ नापी थाल्न स्थलगत अनुगमन गरिएको छ । लालपूर्जा वितरणको समयमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङका अध्यक्ष सुशिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्कीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू