काँग्रेसले पठायो तीन जनाको नाम

काँग्रेसले पठायो तीन जनाको नाम

नेपाली काँग्रेसले आगामी २५ गते हुने राष्ट्रियसभा सदस्य उप निर्वाचनमा तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यको उप निर्वाचनका लागि यी नाम सिफारिस भएको हो ।

सिफारिस भएकाहरुमा दाङ्गका वीरकेशरी गौतम,रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौर छन् ।

 

टिप्पणीहरू