राईको ठाउँमा पोखरेल,प्रहरीले फेर्यो प्रवक्ता

राईको ठाउँमा पोखरेल,प्रहरीले फेर्यो प्रवक्ता

नेपाल प्रहरीमा केन्द्रीय प्रवक्ताको जिम्मेवारी नायव महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको सचिवालयमा कार्यरत पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघिका प्रवक्ता डिआइजी टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा सरुवा भएका छन् । राईको सरुवापछि प्रहरी पोखरेललाई उक्त जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

टिप्पणीहरू