बालुवाटारबाट गृहमन्त्री बाहिर,बाबुराम र गण्डकी प्रदेश प्रमुख भित्र

बालुवाटारबाट गृहमन्त्री बाहिर,बाबुराम र गण्डकी प्रदेश प्रमुख भित्र

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भर्खरै भेटवार्ता सकेर केही बिषयमा रिपोर्टिङ गरेका  छन् । लामिछाने प्रधानमन्त्रीसँग भेटवार्ताको निम्ति पौने ९ बजे भित्र छिरेका थिए ।

झण्डै पौने घण्टा आफ्ना कुरा राखेपछि गण्डकी प्रदेशका प्रमुख प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेतको सहभागितामा छलफल बिहान १० बजेसम्म चलेको थियो ।

 

टिप्पणीहरू