३३ जना शाखा अधिकृत उपसचिवमा बढुवा

३३ जना शाखा अधिकृत उपसचिवमा बढुवा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) बाट राजपत्राङ्कित द्धितीय श्रेणी (उपसचिव) मा बढुवाका लागि नाम सिफारिस गरेको हो । ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्धारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरुमध्ये २८ जना सामान्य प्रशासन समूह र ५ जना लेखा समूहका हुन् ।

सामान्य प्रशासन समूहअन्तर्गत बाबुकृष्ण ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी, जिवनचन्द्र राई, राजेधरी खत्री सापकोटा, धर्मगुज न्यौपाने, ओमप्रसाद पाण्डे, अर्जुनबहादुर थापा, पदमलाल लामिछाने, किरणनिधि तिवारी, माधवप्रसाद अधिकारी, बसन्त न्यौपाने, दत्तराज हमाल, कैलासबहादुर ठकुराठीको सिफारिस गरिएको छ । 

त्यस्तै, दीपकप्रसाद न्यौपाने, जगदीश अर्याल, लोकप्रसाद रेग्मी, जित्तबहादुर भण्डारी, नारायणप्रसाद भट्टराई, कृष्णप्रसाद पौडेल, कमलप्रसाद पुन, पदमप्रसाद अर्याल, नारायण न्यौपाने, ढुविन्द्रप्रसाद बराल, पुरुपोत्तम घिमिरे, अधिनकुमार पोखरेल, पवनराज कोइराला र महेन्द्र विश्वकर्माको पनि सिफारिस गरिएको हो । 

लेखा समूहअन्तर्गत राजनकुमार फुयाल, थमनारायण शर्मा, मार्कण्डप्रसाद बराल, वीरेन्द्रप्रसाद घिमिरे र भुपेन्द्रबहादुर मल्लको सिफारिस गरिएको जनाइएको छ ।

 

टिप्पणीहरू