केपी ओली हिजो राती शीतल निवास,आज बिहानै बालुवाटार

केपी ओली हिजो राती शीतल निवास,आज बिहानै बालुवाटार

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बिहान ठीक ११ बजे त्यहाँ जानुभएको थियो ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच झण्डै डेढ घण्टा कुराकानी भएको छ । यसअघि उहाँ हिजो बेलुकी शीतल निवास जानुभएको थियो । राष्ट्रपति कार्यालय पुगेर अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग साँझ सवा ७ बजेदेखि सवा ९ बजेसम्म भेटघाट गर्नुभएको हो । 

त्यसअघि अस्ति बेलुकी ७ बजेको समयमा प्रधानमन्त्री दाहाल पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास जानुभएको थियो । उहाँहरुबीच आगामी रास्ट्रपति चुनावको सेरोफेरोमा ४५ मीनेट कुराकानी भएको बुझिएको छ ।

टिप्पणीहरू