काम गर्न विदेश जानेका लागि सित्तैमा सीपमूलक तालिम

काम गर्न विदेश जानेका लागि सित्तैमा सीपमूलक तालिम

वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीपमूलक तालिम दिइने भएको छ । वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्ष २०७९/०८० का लागि १७ वटा विषयमा एक सय ६० घण्टे तालिम प्रदान गर्न लागेको हो ।

बोर्डका अनुसार १८ वर्ष उमेर पुगेका इच्छुक नेपाली नागरिकले उक्त तालिम लिन सक्नेछन् । सहायक एल्युमिनियम फैब्रिकेटर, सहायक स्काफफोल्डिङ, सहायक टाइल मार्बल फिक्स्चर, सहायक वेल्डर, इलेक्ट्रिसियन, फ्रन्ट अफिस सहायक, गार्मेन्ट मेसिन अपरेटर, हाउसकिपिङ्ग ऐटेन्डट, हाउस पेन्टर, जुनियर फर्निचर मेकर, किचन हेल्पर, मेसन, शटरिङ कारर्पेट्री, स्टिल फिक्सर र वेटरको तालिम सञ्चालन गर्न लागिएको हो । 

उक्त तालिम इलाम, तेह्रथुम, झापा, महोत्तरी, सिराहा, स्याङ्जा, बाग्लुङ, पाल्पा, पोखरा, नुवाकोट, काभ्रेपलाञ्चोक, चितवन, गुल्मी, रुकुम, जाजरकोट, बाँके, दाङ, डोटी, कञ्चनपुर, काठमाडौँ र रुपन्देहीमा सञ्चालन हुनेछ । यी जिल्लामा रहेका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा आबद्ध शिक्षालयबाट तालिम सुरु गरिने बताइएको छ ।

त्यसैले, आफूलाई अनुकूल हुने र सिक्न चाहेको तालिम लिनको लागि तालिम प्रदायक शिक्षालयमा सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ ।
 

टिप्पणीहरू