माओवादीलाई रिङ्गाउने खेल त हैन यो ?

माओवादीलाई रिङ्गाउने खेल त हैन यो ?

शीतल निवासमा हिजो राति अबेरसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुराकानी गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ । 

राष्ट्रपति भण्डारी र ओलीबीच झण्डै दुई घण्टा लामो कुराकानी भएको थियो साँझ ७ बजेबाट ९ बजेसम्म । 

आज त्यसैगरी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री भेट्न उहाँ बिहान ११ बजे बालुवाटार पुग्नुभएको थियो। 

प्रतिपक्ष नेपाली कांग्रेसले  राष्ट्रपतिको निर्वाचनसम्म सत्ता गठबन्धनको आयु किटान गरिदिएपछि एमालेपंक्ति तरङ्गित छ । राष्ट्रपति निर्वाचनको मिति तय गर्न प्रधानमन्त्रीले निर्वाचन आयोगसँग परामर्श गरिरहेका बेला ओलीले दुई घण्टा शीतल निवासमा बिताउनु र लगत्तै आज बालुवाटार पुग्नुलाई गठबन्धन फुटाउने कांग्रेसको रणनीति रोक्ने उपाय खोजीका रुपमा हेरिएको छ । 

राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा संविधान र ऐन बाझिएकाले निर्वाचन कहिले हुन्छ टुंगो छैन । ऐन संशोधन गरेर चुनावमा जाँदा कम्तिमा ६ महिना अहिलेकै राष्ट्रपतिले निरन्तरता पाउने देखिन्छ । सत्ता गठबन्धनको समर्थनमा राष्ट्रपति हात पार्ने योजनाका साथ तयारीमा रहनुभएका ओलीको पछिल्लो भेटघाट यसैमा केन्द्रित रहेको अनुमान गरिएको छ ।
 

टिप्पणीहरू