रुपन्देहीको भाइरल 'जेल रेष्टुरेण्ट' बन्द

रुपन्देहीको भाइरल 'जेल रेष्टुरेण्ट' बन्द

टिकटकमा भाइरल भएको रूपन्देहीको भैरहवास्थित देवकोटा चोकको 'जेल रेष्टुरेण्ट' प्रशासनले बन्द गरिदिएको छ। 

ग्राहकले हत्कडी लगाउने र खाजा खाने,पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको भनाइ छ।

उक्त रेष्टुरेण्टका कोठा ग्राहकलाई लक्षित गरेर जेलको आकारमा बनाइएको बताइन्छ।

टिप्पणीहरू