कमल थापाले राप्रपा नेपाललाई माथि उठाउने

कमल थापाले राप्रपा नेपाललाई माथि उठाउने

‘राप्रपा नेपाललाई फेरि उठाउँछौं’ भन्ने संकल्पका नेताहरुले पार्टीलाई माथि पुर्याउने बताएका छन् । अध्यक्ष कमल थापाको अध्यक्षतामा हिजो र आज बसेको बैठकले १३ बुँदे संकल्प पारित गरेको छ ।

बैठकले पार्टी महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । राप्रपा नेपालले धर्म, संस्कृति र परम्परा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । 

राप्रपा नेपालले धर्म परिवर्तन र गौहत्या नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्रको पुनः स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरोधमा आगामी फागुन र चैतमा देशव्यापी जनसंघर्ष कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

टिप्पणीहरू