वामदेवलाई पार्टीमा आउन माधवको फेरि अनुरोध

वामदेवलाई पार्टीमा आउन माधवको फेरि अनुरोध

एमाले छोडेर नेकपा ब्युँताउने अभियानमा लागेका वामदेव गौतमलाई एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा आउन प्रस्ताव गर्नुभएको छ । आज आफूलाई भेट्न आएका गौतमलाई नेपालले यस्तो प्रस्ताव राख्नुभएको हो । 

भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि एकीकृत समाजवादीको राजनीतिक÷सांगठनिक दस्तावेज पनि प्रदान गर्नुभएको बताइएको छ । गौतमले पनि दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समावादीमा आउने या नआउने विषयमा निर्णय लिने जवाफ फर्काउनुभएको छ । 

भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गंगालाल तुलाधर पनि सहभागी थिए । 

गौतमलाई पार्टीमा भित्र्याउन अध्यक्ष नेपालले यसअघि गर्नुभएको धेरै पटकको प्रयासले अहिलेसम्म मूर्तरुप लिएको छैन ।

टिप्पणीहरू