आत्मदाह प्रयासअघि ६६ सय शब्दको स्टाटस, रवी लामिछानेहरुप्रति व्यङ्ग्य

आत्मदाह प्रयासअघि ६६ सय शब्दको स्टाटस, रवी लामिछानेहरुप्रति व्यङ्ग्य

नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेट बाहिर आज दिउँसो आत्मदाहको प्रयास गरेका व्यक्तिले त्योभन्दा केही समयअघि फेसबुकमा लामो स्टाटस लेखेको पाइएको छ । उनले नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल छर्केपछि आगो झोसेका थिए ।

दिउँसो ३ बजेको समयमा शरीरमा आगो लगाउने व्यक्ति इलाम पञ्चकन्या घर भएका प्रेमप्रसाद आचार्य हुन् । उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो लगानुअघि उनले परिवारको फोटोसहित लामो स्टाटस लेखेका हुन् ।

उनले आफूलाई एउटा आमयुवा, आमउद्यमी, आमव्यवसायी भनेर चिनाएका छन् । उनले लेखेको फेसबुक स्टाटस आफ्नो आत्मवृृतान्त र असफलताको कथा भनेका छन् । 

इलामको घर बेचेर बूढानीलकण्ठमा घर बनाएका उनले १० वर्षअघि ठमेलमा ट्राभल एजेन्सी खोलेर काम गरेको र राम्रो भएको उल्लेख गरेका छन् । परिवारको सल्लाहमा कमाएको पैसाले इलाममा उद्योग खोलिएको तर प्रगति नभएको बताउँदै विश्वका विभिन्न मुलुक घुम्दा प्रगतिका धेरै उपाय देखेको लेखेका छन् ।

व्यवसायमा प्रगति नभएको कारण देखाउँदै उनले श्रीमतीलाई विचतिल नहुन र छोरीहरुको अभिभारा आफूपछि उनको भएको उल्लेख गरेका छन् । छोरीहरुलाई ठूलो भएपछि बाबाले जताततै हण्डर खाएकाले आत्मदाह गरेको सुनाउन पनि उनले श्रीमतीलाई सुझाएका छन् ।

उनले रविन्द मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, समीक्षा बाँसकोटा, प्रकाशचन्द्र परियारलाई आफ्नो आत्माले नछाड्ने भन्दै मुलुकको एउटा महत्वाकांक्षी युवाको भावनासँग खेलबाड गरेको सन्दर्भ पनि सामाजिक सञ्जालमा जोडेका छन् । त्यसैगरी मुलुक चलाउने हुटहुटीमा सत्तामा पुगेका भन्दै उपप्रधानमन्त्रीहरु रवी लामिछाने र राजेन्द्र लिङ्देन, काँग्रेसका महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्माहरुलाई जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउन आग्रह गरेपछि उनले शरीरमा आगो लगाएका थिए ।

 

टिप्पणीहरू