बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प (अपडेट)

बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प (अपडेट)

बाजुराको हिमाली गाउँपालिका केन्द्रविन्दु बनाएर आज दिउँसो गएको भूकम्पमा एक जनाको ज्यान गएको छ । गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । उनको वनमा घाँस काटेको समयमा माथिबाट ढुंगा खसेर निधन भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गौमुल गाउँपालिका–१ मा भेंडा चराउन गएका ३५ वर्षीय राजदल बोहरा पनि ढुंगा लागेर घाइते भएका छन् । उनका ३० वटा भेंडाबाख्रा मरेको सूचना प्राप्त भएको छ ।

हालसम्म बाजुरामा भूकम्पका कारण ३० घरमा क्षति पुगेको छ । केही घर पूर्णरुपमा र केहीमा आंशिक क्षति पुगेको प्रहरीले बताएको छ । 
 
भूकम्पबाट भएको क्षति विवरण संकलनको निम्ति प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा दुवै प्रहरीको टोली परिचालन गरिएको छ । भूकम्पका कारण बझाङ र बाजुराका एक सय बढी घरमा क्षति पुगेको समाचार प्राप्त भएको छ ।

टिप्पणीहरू