अनेक प्रश्न जीवितै छाडेर आत्मदाह गरेका आचार्यको प्राणान्त,प्रधान र गृहमन्त्री भेट्ने रहर अधुरै

अनेक प्रश्न जीवितै छाडेर आत्मदाह गरेका आचार्यको प्राणान्त,प्रधान र गृहमन्त्री भेट्ने रहर अधुरै

हिजो दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेट बाहिर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यले आज बिहान प्राण त्यागेका छन्  । उनले नयाँ बानेश्वरको मूल सडकतर्फ संसदको मूल गेटबाहिर शरीरमा पेट्रोल छर्की शरीरमा आगो झोसेका थिए ।

इलाम पञ्चकन्या स्थायी घर भएका ३६ वर्षीय आचार्यको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा बिहान साढे ७  बजे निधन भएको हो । आगो लगाउनुअघि उनले परिवारको फोटोसहित फेसबुकमा लामो स्टाटस लेखेका थिए । व्यवसायमा असफलता मिलेपछि उनले आत्मदाहको प्रयास गरेको स्टाटसमा झल्किन्छ । तर इलामको घर बेचेर बूढानीलकण्ठमा नयाँ घर बनाएका उनले १० वर्षअघि ठमेलमा ट्राभल एजेन्सी खोलेर राम्रै प्रगति गरेको पनि उल्लेख गरेका छन् । 

फेसबुक स्टाटसमा राजनीतिक दलका नेताहरु विशेषगरी नयाँ पुस्ताप्रति उनले आक्रोश पोखेका छन् । अस्पतालमा भेट्न आएकी स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीसँग आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्न पठाइदिन आग्रह गरेको अस्पताल स्रोतले बताएको छ ।

टिप्पणीहरू