सेनाको हेलिकोप्टर चढेर रक्षामन्त्री आफ्नै गाउँतिर

सेनाको हेलिकोप्टर चढेर रक्षामन्त्री आफ्नै गाउँतिर

रक्षामन्त्री हरिप्रसाद उप्रेती नेपाली सेनाको हेलिकोप्टरमा गृह जिल्ला जानुभएको छ । उहाँ केही बेरअघि काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

रक्षामन्त्रीसँगै प्रधानसेनापति प्रभुराम शर्मालगायत १६ जनाको टोली रहेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । टोली काठमाडौं–निजगढ फास्ट ट्र्याकको निरीक्षण गर्न गएको सैनिक स्रोतको दाबी छ ।

उहाँ सर्लाहीस्थित घर पुगेर फर्कने कार्यक्रम पनि त्यसैमा मिलाइएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित उप्रेती नायक निखिल उप्रेतीका दाइ हुनुहुन्छ ।

टिप्पणीहरू