आफूले गरेको सम्झौता लागु गर्न बालकृष्ण खाँणको आग्रह

आफूले गरेको सम्झौता लागु गर्न बालकृष्ण खाँणको आग्रह

नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू सदस्य रहेको सरकारले विभिन्न राजनीतिक दलसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले विप्लवलगायतसँग गरिएको सम्झौता कार्यान्वयन,मुद्दा फिर्ता र बन्दी रिहाईको निम्ति माग गरेका हुन् ।

उनले भनेका छन्, ‘थारु कल्याणकारिणी सभा,नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र तराई मधेशका अन्य राजनीतिक शक्तिहरुसँग तत्कालीन सरकारले गरेको सम्झौताअनुसार मुद्दा फिर्ता लिन तथा उनीहरुलाई रिहाइ गर्न कानूनमा भएका बाधा हटाइयोस् ।’

कानुनी अड्चन हटाउन उनले वर्तमान सरकारले प्रतिनिधि सभामा तत्काल विधेयक ल्याउनुपर्ने धारणा राखेका छन् । खाँण गत आमनिर्वाचनमा रुपन्देहीबाट पराजित भएका हुन् ।

टिप्पणीहरू