बालेनले लगाए ‘प्रेमप्रसादको ‘आत्मदाह’ मा राज्यलाई दोष

बालेनले लगाए ‘प्रेमप्रसादको ‘आत्मदाह’ मा राज्यलाई दोष

इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण राज्यको चरम असफलता भएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बताएका छन् । नागरिकले संसद भवनअगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्नुपछिको कारण राज्य भएको उनले बताएका हुन् ।

व्यवसाय,निराशा,सहयोगको याचना,सुरक्षा र उध्दारमा राज्यबाट कुनै साथ सहयोग नपाएकोले यो कदम रोजेको मेयर बालेनको आरोप छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रेमप्रसादको आत्मदाह सबैभन्दा विस्मयकारी घटना भएको बताएका छन् । 

उनले भनेका छन्,‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रध्दान्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रेमप्रसादले हिजो दिउँसो संघीय संसद भवनअगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । कीर्तिपुर अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको हो ।

टिप्पणीहरू