सरस्वतीका नाममा चन्दा नबटुल्न निर्देशन

सरस्वतीका नाममा चन्दा नबटुल्न  निर्देशन

पर्साको वीरगञ्ज महानगरपालिकाले सरस्वती पूजाको नाममा चन्दा संकलन नगर्न निर्देशन दिएको छ । महानगरपालिकाले सम्पूर्ण संस्थागत विद्यालयलाई परिपत्र गर्दै सरस्वती पूजाको नाममा चन्दा संकलन नगर्न निर्देशन दिएको हो । 

संस्थागत विद्यालयहरुले चन्दा उठाएको लिखित तथा मौखिक उजुरी परेपछि महानगरपालिकाले शिक्षा ऐन तथा नियमावलीले तोकेबाहेकका कुनै पनि शीर्षक तथा बहानामा चन्दा तथा शुल्क उठाउने कार्य नगर्न भनेको छ । 

‘सरस्वती पूजाको नाममा चन्दा संकलन गरिरहेको भनी यस कार्यालयमा लिखित तथा मौखिक उजुरी परेको हुनाले शिक्षा ऐन तथा नियमावलीले तोकेबाहेकका कुनै पनि शीर्षक तथा बहानामा चन्दा तथा शुल्क उठाउने कार्य तत्काल रोक्न र लिइसकेको भए अविलम्ब फिर्ता गर्नुहुन अनुरोध छ’,परिपत्रमा भनिएको छ ।

टिप्पणीहरू