लुम्बिनीमा आज मनोनयन पत्र दर्ता, मतदान माघ २५ गते

लुम्बिनीमा आज मनोनयन पत्र दर्ता, मतदान माघ २५ गते

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्न लागिएको हो । 

आज दिँउसो ३ बजेसम्म उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने सक्नेछन् । त्यस्तै, ४ बजेभित्र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय, दाङले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

भोलि बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ । त्यस्तै, माघ १३ र १४ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते उम्मेदवारले नाम फिर्ता लिने तय भएको छ । 

१६ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । त्यस्तै, २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

टिप्पणीहरू