बोत्तलमा तेल नभर्न पेट्रोल पम्पहरुलाई प्रहरीको निर्देशन

बोत्तलमा तेल नभर्न पेट्रोल पम्पहरुलाई प्रहरीको निर्देशन

जिल्ला प्रहरी परिसर काठमाडौँले खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिक्रीवितरण नगर्न पेट्रोल पम्पहरुलाई निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाका केही पेट्रोल पम्पहरुले बोतल, जर्किनलगायत भाँडामा भरेर पेट्रोल तथा डिजेल बेच्ने गरेको सूचना पाइएको भन्दै प्रहरीले यस्तो निर्देशन दिएको हो । परिसरले आज सूचना जारी गर्दै अटेरी गरेर बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गरेको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्नेबाहेक पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न/नगराउन हुन सम्पूर्ण पेट्रोल पम्प सञ्चालकहरुमा यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ,‘यस सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्रीवितरण गरिएको पाइएमा प्रचलित कानूनबमोजिम हदैसम्मको कानूनी कारबाही हुनेछ ।’
 

टिप्पणीहरू