सभामुखको निर्देशनपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

सभामुखको निर्देशनपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ । आज दिँउसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइएको छ । 

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको जानकारी दिएका हुन् । सभामुखको आदेशानुसार बैठक स्थगित गरिएको उनको भनाइ छ ।

टिप्पणीहरू