भारतीय गणतन्त्र दिवसको प्रमुख अतिथि सिसी

भारतीय गणतन्त्र दिवसको प्रमुख अतिथि सिसी

भारतले भोलि गणतन्त्र दिवस मनाउँदै छ । ७५ औं गणतन्त्र दिवसको प्रमुख अतिथिको रुपमा इजिष्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई आमन्त्रण गरिएको छ । सिसी भारतको निम्तो मान्न नयाँ दिल्ली पुगिसकेका छन् । यो वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको पनि ७५ वर्ष पुगेको छ । 

यसअघि सन २०२१ को कार्यक्रममा तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रमुख अतिथि बनाउने निर्णय गरिए पनि कोभिड १९ को प्रकोप बढ्दै गएपछि कार्यक्रम रद्द भएको थियो । गत वर्ष, मध्यपूर्वका पाँच वटा देशका राष्ट्र प्रमुखहरूलाई आमन्त्रित गरिएको थियो, तर अन्तमा कार्यक्रम रद्ध गरियो ।

यसैबीच,भारत र इजिप्टले यो वर्षको शुरुमा संयुक्त सैन्य अभ्यास गरेका थिए । उक्त अभ्यासलाई साइक्लोन आई नाम दिइएको छ ।

टिप्पणीहरू