रविको नागरिकतामा कुन कुन वकिलले कैफियत देखाए ?

रविको नागरिकतामा कुन कुन वकिलले कैफियत देखाए ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा परेको मुद्दाउपर  सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकहरुको तर्फबाट बहस जारी छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय इजलासमा बहस भइरहेको छ ।

रिट निवेदकका तर्फबाट अधिवक्ता रविराज बसौला र रमण कर्णले बहस गरिसकेका छन् । लामिछानेमाथि उनले विदेशी नागरिकता लिएसँगै कानुनतः रद्ध भइसकेको नेपाली नागरिकता प्रयोग गरेर चुनावमा उम्मेदवारी मनोनयन गरेको अभियोग छ । त्यसविरुद्ध अदालतमा परेको रिटमा उनको सांसद पद खारेजीको माग गरिएको छ । 

रिट निवेदकहरुका तर्फबाट बसौला र कर्णपछि वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र अधिवक्ता अमृत खरेलले बहस थालेका छन् ।

टिप्पणीहरू