आत्मदाह गरेका प्रेमप्रसादको पक्षमा नारा जुलुस

आत्मदाह गरेका प्रेमप्रसादको पक्षमा नारा जुलुस

राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय दिनुपर्ने माग राख्दै युवाहरु सडकमा उत्रिएका छन् । 

हिजो दिउँसो आत्मदाह गरेका प्रेमप्रसादलाई न्याय माग्दै माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन थालेका हुन् । ‘जस्टिस फर प्रेम आचार्य’ लेखिएको ब्यानरसहित पाँच दर्जन युवाको समूहले चर्को नाराबाजी गरेको छ । 

उनीहरुले ‘यो देश हो कि बधशाला’,‘जलेर मर्नु र मरेर जल्नुमा धेरै फरक छ’,‘देशमा केही गर्छु भन्नु अपराध हो’,‘दलालहरु होशियार’,‘अर्को जल्दो शरीर मेरो नहोस्’,‘कि यो सरकार रहँदैन कि म’, लगायतका प्लेकार्ड बोकेका छन् ।

आफ्नै शरीरमा आगो लगाएका प्रेमप्रसादको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

टिप्पणीहरू