महानगरको ढोकामा ट्राफिक प्रहरीविरुध्द नारावाजी

महानगरको ढोकामा ट्राफिक प्रहरीविरुध्द नारावाजी

कुलेश्वर अटो व्यवसायी संघले आज काठमाडौँ महानगरपालिका अगाडि ट्राफिक प्रहरीविरुध्द प्रदर्शन गरेको छ । 

ट्राफिक प्रहरीले सवारी रोक्न नदिएको विरोधमा उनीहरुले महानगरको गेटअगाडि प्रदर्शन गरेका हुन् । आफ्नो पसलअगाडि एक मीनेट पनि सवारी रोक्न नदिएको भन्दै आक्रोशित व्यवसायीहरुले  महानगर कार्यालय बाहिर चर्को नाराबाजीसमेत गरे । 

सो क्रममा व्यवसायीहरुले 'ट्राफिक आतंक बन्द गर', ‘महानगर,गरिखान दे’ लेखिएका प्लेकार्ड देखाएका थिए ।

टिप्पणीहरू