प्रधानमन्त्री कार्यालयमा राजदूतहरुको लर्को

प्रधानमन्त्री कार्यालयमा राजदूतहरुको लर्को

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । 

दिउँसो २ बजेर १० मीनेटमा सिंहदरबार छिर्नुभएका कोरियाका राजदूत सुक २० मीनेटमा भेटघाट सकाएर निस्किनुभएको थियो । उहाँ निस्किनेबित्तिकै अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्क प्रधानमन्त्री कार्यालय पुग्नुभयो । 

प्रधानमन्त्री दाहाल र राजदूत भोल्कबीच झण्डै ३५ मीनेट वार्तालाप भएको छ ।

टिप्पणीहरू