गृहमन्त्रीविरुद्ध विप्लवका विद्यार्थीको माइतीघरमा प्रदर्शन

गृहमन्त्रीविरुद्ध विप्लवका विद्यार्थीको माइतीघरमा प्रदर्शन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको छ । आज दिउँसो क्रान्तिकारीले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको हो ।

हिजो नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको पक्षमा उत्रिएका क्रान्तिकारीका कार्यकर्ताहरुले गृहमन्त्री र सरकारविरुद्ध चर्को नारावाजी गरेका थियो । महासचिव ललित विकको नेतृत्वमा भएको उक्त विरोध प्रर्दशनका क्रममा विद्यार्थीहरुले आचार्यलाई न्याय दिन माग गरे ।

‘प्रेमप्रसाद आचार्यलाई न्याय दे’ लेखिएको ब्यानरसहित सडकमा ओर्लिएका प्रदर्शनकारीहरुले ‘दलाल संसदीय व्यवस्था मुर्दावाद,’ ‘युवाहरुको सपना मार्ने मूर्दावाद,’ ‘एकीकृत जनक्रान्ति जिन्दावाद,’ असफल गृहमन्त्री राजीनामा दे,’ ‘जनहत्यारा मूर्दावाद,’ प्रेमप्रसाद आचार्यको हत्यारा असफल संसदीय व्यवस्था’ जस्ता प्लेकार्ड देखाएका थिए ।
 

टिप्पणीहरू