क्याबिनेट बैठक सिंहदरबारमा डेढ घण्टा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज क्याबिनेट बैठक राख्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न बैठक बसेको हो ।  

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा अपराह्न सवा चारदेखि बसेको बैठक पौने छ बजे सकिएको थियो । क्याबिनेटको नियमित बैठकमा चारै जना उपप्रधानमन्त्रीसहित अधिकांश मन्त्री, मुख्यसचिव र सचिवहरु सहभागी थिए । 

उद्योग मन्त्री दामोदर भण्डारी,खानेपानी मन्त्री अब्दुल खाँ,भूमि व्यवस्थापन मन्त्री  राजेन्द्र राई,स्वास्थ्य मन्त्री पदम गिरी,पर्यटन मन्त्री सुदन किराँती, परराष्ट्रमन्त्री विमला राई पौडेल,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी,शिक्षा मन्त्री शिशिर खनाल,श्रम मन्त्री डोलप्रसाद अर्याल र कानुन मन्त्री ध्रुवबहादुर प्रधान क्याबिनेट बैठकमा बसेका थिए । 

बैठकमा मुख्यसचिव शंकरदास बैरागीसहित सचिवहरु पनि उपस्थित रहेको बताइएको छ ।

टिप्पणीहरू