फार्ममा आगलागी, खसीबोका जलेर भष्म

फार्ममा आगलागी, खसीबोका जलेर भष्म

सिन्धुपाल्चोकको एउटा पशुपन्छी फार्ममा आगलागी हुँदा खासिबोकासहित लाखौंको धनमाल खरानी भएको छ । 

सुनकोशी गाउँपालिका–२ सिमखण्डका जालबहादुर खत्रीको ’सुनकोशी ठोकर्पा कृषि पशुपन्छी फर्म’ मा आज बिहान विद्युत सर्ट भई आगलागी हुँदा पाँच लाख मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट फर्ममा रहेका ८१ वटा खसीबाख्रा मरेका छन् । फर्म पनि पूर्णरुपमा नै जलेर नष्ट भएको बताइएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू