राष्ट्रपति भण्डारी एकैछिनमा हनुमानढोका जाने

राष्ट्रपति भण्डारी एकैछिनमा हनुमानढोका जाने

राष्ट्रपति विद्यादेवी भण्डारी आज हनुमानढोका जानुहुने भएको छ । उहाँ बिहान साढे १० बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।

वसन्तपञ्चमीको अवसरमा हनुमानढोका दरबारमा आयोजना गरिने वसन्त श्रवणको निम्ति राष्ट्रपति त्यहाँ जान लाग्नुभएको हो ।

आजदेखि हिउँदयाम सकिएर वसन्त ऋतु शुरु हुने मान्यता छ । आजै सरस्वतीपूजा पनि गरिन्छ । विशेषगरी शैक्षिक क्षेत्रमा सरस्वतीपूजा धुमधामसँग गर्ने प्रचलन छ ।

टिप्पणीहरू