राष्ट्रपतिको चुनावबारे के निर्णय लेला माओवादीले ?

नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक डाकेको छ । बैठक बिहान पार्टी मुख्यालय पेरिस डाँडामा राखिएको छ ।

आजको बैठकमा विशेषतः मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमबारे  छलफल हुने बुझिएको छ । ‘राष्ट्रपति, उपराष्ट्रपतिको आगामी निर्वाचन तथा पार्टी संगठन र भावी कार्य योजनाबारे छलफल हुने छ,’ एक जना सदस्यले बताए । 

त्यसैगरी डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको एकता बारेमा पनि छलफल हुने बताइन्छ ।
 

टिप्पणीहरू