भारतीय सेनालाई थप तन्दुरुस्त बनाउने प्रयास शुरु

भारतीय सेनालाई थप तन्दुरुस्त बनाउने प्रयास शुरु

भारतीय सेना प्रमुखले आफ्ना सैनिकलाई थप तन्दुरुस्त राख्न नयाँ उपाय अवलम्बन गरिएको जानकारी दिएका छन् । स्थल सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनालाई शारीरिक तथा मानसिक रुपमा थप तन्दुरुस्त बनाउन मार्शल आर्टस अनिवार्य गरिने बताएका छन् । 

पाण्डेले भने, ‘भारतीय सेनालाई शारीरिक तथा मानसिक रुपमा थप तन्दुरुस्त राख्न आवश्यक देखिएको छ । उनीहरुमाथि हुनसक्ने धारिलो हतियारको आक्रमणको प्रतिरोध गर्न सैनिकहरुलाई विशेष ‘मार्शल आर्ट्स’ को तालिम दिन लागिएको छ ।’

 

टिप्पणीहरू