वसन्तपुरमा वसन्त श्रवण,सहभागिता ब्यापक

राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका पुगेर वसन्त श्रवण गर्नुभएको छ ।

बिहान पौने ११ बजे उहाँले नासल चोकमा आयोजित वसन्तपञ्चमी पूजा तथा श्रवण गर्नुभएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देवराज घिमिरे,राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र उपसभामुख इन्दिरा रानाको उपस्थिति थियो । 

त्यसैगरी गृहमन्त्री रवि लामिछाने, प्रधानसेनापति प्रभुराम शर्मा,प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह,सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायत मन्त्री तथा उच्चपदस्थ अधिकारीहरुले पनि वसन्त श्रवण गरेको बताइएको छ ।
 

टिप्पणीहरू