कालीगण्डकीको शिला अयोध्या लगियो

कालीगण्डकीको शिला अयोध्या लगियो

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने राम र सीताको मूर्तिका लागि कालीगण्डकीबाट शिला लगिएको छ । आज बिहान ८ बजेको साइतमा बेनी नगरपालिकास्थित गलेश्वरधामबाट उक्त शिलालाई धार्मिक विधिबमोजिम पठाइएको हो ।

‘शिला विशेष पूजाआजासहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसरमा गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभायात्रासहित हस्तान्तरण गरिएको हो,’ बेनीका मेयर सुरत केसीले भने । 

आज दुई थान शिला जनकपुरधाममा रहेको जानकारी मन्दिरका लागि पठाइएको हो । ती शिला क्रमशः १६ र २६ मेट्रिक टन तौलका छन् । राम र सीता नाम राखिएको शिलालाई छुट्टाछुट्टै सवारी साधनमा राखेर लगिएको हो । 

अब उक्त शिलालाई देवघाट,जनकपुरधाम हुँदै अयोध्या पुर्याइने छ । शिला अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजको टोलीलाई हस्तान्तरण गरिएको हो ।

टिप्पणीहरू