प्रदेश १ को प्रदेश सभा बैठकका निम्ति मिति तोकियो

प्रदेश १ को प्रदेश सभा बैठकका निम्ति मिति तोकियो

प्रदेश नम्बर १ मा प्रदेश सभाको पहिलो अधिवेशनको छैठौं बैठक माघ २३ गते बस्ने भएको छ । 

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै आउँदो माघ २३ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाहलमा बैठक बस्ने जानकारी गराएको हो । 

‘प्रदेश नम्बर १, प्रदेश सभाको पहिलो अधिवेशनको छैठौं बैठक मिति २०७९ साल माघ २३ गते सोमबार दिनको १ बजे प्रदेश सभाहल, प्रदेश नम्बर १, विराटनगरमा बस्ने भएकोले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यहरुको जानकारीका लागि माननीय सभामुखको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ’, सूचना भनिएको छ । 

गत पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

टिप्पणीहरू