भएभरका भिआइपी भारतीय दूतावासमा,दलाई लामाका दूत पनि तिनैमा

भारतको ७४ औँ गणतन्त्र दिवस नेपालमा पनि मनाइएको छ । काठमाडौंस्थित भारतीय दूतावासले आज एक समारोहका बीच आफ्नो ७४ औं गणतन्त्र दिवस भव्यरुपमा मनाएको हो । 

लैनचौरस्थित दूतावासमा भएको कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुखदेखि मन्त्री, सांसद,उच्चपदस्थ सरकारी अधिकारी,राजनीतिक दलका शीर्ष नेता,पत्रकारलगायतको घुइंचो लागेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे दूतावासको कार्यक्रममा सहभागी हुनुभयो ।  त्यस्तै, पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि कार्यक्रममा पुग्नुभएको थियो ।  

त्यस्तै, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल,लाेसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी,एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल,नेपाली कांग्रेसका नेताहरु अर्जुन नरसिंह केसी, शंशाक काेईराला, राप्रपा नेता प्रकाशचन्द्र लाेहनी, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि लैनचौरको कार्यक्रममा सहभागी भएका थिए । 

दूतावासको निम्तो मान्न उपप्रधान तथा अर्थमन्त्री बिष्णु पाैडेल, पर्यटनमन्त्री सुदन किराँती, सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा राज्यमन्त्री दिपक सिंह, सांसद मंगलप्रसाद गुप्ता, महेन्द्रराय यादव, शरदसिंह भण्डारी,अमरेशकुमार सिंह, चन्दा चाैधरी र पशुपतिसमशेर राणा पनि पुगेका थिए ।    

भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य, दलाई लामाका नेपाल प्रतिनिधि छिरिङ लोप्चन टुल्कु नवाङ छोक्दुप, सुरक्षा निकायका प्रमुखहरु,  पूर्वप्रधानसेनापतिहरु,  विभिन्न कूटनैतिक निकायका प्रमुख तथा प्रतिनिधिहरु, मुस्लिम आयाेगकाे अध्यक्ष समिम मिया अन्सारी, व्यापारीहरु शेखर गाेल्छा, उपेन्द्र महताे, माेतिलाल दुगढ, पत्रकार ऋषि धमला पनि लैनचौरको कार्यक्रममा सहभागी थिए ।
 

टिप्पणीहरू