प्रेमले पोलेका सबैविरुद्ध प्रहरीमा जाहेरी

प्रेमले पोलेका सबैविरुद्ध प्रहरीमा जाहेरी

संसद भवनअगाडि आत्मदाह गरेर प्राण त्यागेका इलामका प्रेमप्रसाद आचार्यले फेसबुकमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

प्रेमले नयाँ बानेश्वरको मुख्य सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा एउटा लामो नोट लेखेर पोष्ट गरेका थिए । उक्त नोटमा विभिन्न राजनीतिक दलका नेतादेखि आफूलाई काम गराएर पैसा नदिने कलेज, डिपार्टमेन्टल स्टोरदेखि विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरेका छन् ।

ती नामविरुद्ध आज जिल्ला प्रहरी परिसर, टेकूमा जाहेरी दर्ता भएको हो । अधिवक्ता स्वागत नेपालले आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएका हुन् । अस्ति नयाँ बानेश्वरस्थित संसद भवनको दक्षिणतर्फको मुख्य गेट बाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको हिजो बिहान कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू