सवारी दुर्घटना घटाउन कार्यदल गठन

सवारी दुर्घटना घटाउन कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदुषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण’ बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । आज मन्त्रीस्तरीय निर्णयबाट सात सदस्यीय कार्यदल गठन गरिएको छ । 

पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायात विज्ञ मधुसूदन आचार्य र इञ्जिनियर विजय गौतम सदस्य छन् ।

यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव छन् ।

कार्यदलले विस्तृत अध्ययनपछि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन पेश गर्नेछ ।

टिप्पणीहरू