पूर्वअर्थसचिव रामेश्वर पनि विवाह बन्धनमा

पूर्व रामेश्वर खनाल अर्थसचिव  हिजोदेखि विवाह बन्धनमा बाँधिनुभएको छ । श्रीमतीको निधनपछि एक्लो जीवन बिताउँदै आउनुभएका खनालले त्यस्तै जीवनमा रहनुभएकी महिलासँग लगनगाँठो कस्नुभएको हो । 

खनालले दाङ्ग घर भएकी सरिता शर्मासँग विवाह गर्नुभएको छ । शर्मा २७ वर्षदेखि एउटी छोरीको साथमा रहँदै आउनुभएको थियो । उहाँका श्रीमानको निधन हुँदा अढाई वर्षकी छोरीको गत बैशाखमा विवाह गरिएको थियो । 

शर्माकी छोरी चिकित्सक हुन् भने खनालकी छोरी अध्ययनको क्रममा विदेशमा छिन् । हिजो भएको विवाहमा दुबैका छोरीहरुको उपस्थिति थियो ।

रामेश्वरकी श्रीमती सुचिता खनालको तीन वर्षअघि अर्बुद रोगका कारण निधन भएको थियो । सुचिता मुलुककै पहिलो सेयर ब्रोकर हुनुहुन्थ्यो  ।
 

टिप्पणीहरू